सेयर बजारमा उछाल, नेप्से सूचकले सतक पार गर्यो



काठमाडौं । मंगलबार १४५ अंकले घटेको बजार बुधबार भने फर्किएको छ ।

बुधबार कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्दा नेप्से सूचकले सतक पार परेको छ ।

बजार मापन गर्ने सूचक १०८.३५ अंकले बढ्दा परिसूचक २७५९.६७ बिन्दु कायम भएको छ । सूचकले सतक पार गर्दा परिसूचकले साढे २७ सय बिन्दु पार गरेको छ ।

३३० कम्पनीको कारोबारमा ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । कारोबारमा फस्र्ट माइक्रोफाइनान्स, सुपर मोदी हाईड्रोपावर र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य घटेको छ ।

कारोबारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४७४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर रहेको छ ।


क्लिकमान्डु