अवैध खाद्यान्‍नसहित १ सय २० बोरा चिनी र ४५ बोरा चामल जफत



काठमाडौं । प्रहरीले विपी राजमार्गको काभ्रेभञ्ज्याङबाट अवैध रुपमा ल्याइएको खाद्यान्नसहित चिनी, चामल, दाल र केराउ जफत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार सवारी साधन जाँच गर्ने क्रममा बुधबार काभ्रेभञ्ज्याङबाट ४५ बोरा चामल, २५ बोरा दाल, ५ बोरा केराउ र १ सय ५० बोरा चिनी बरामद गरिएको छ ।

धनुषाको महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ०२-००१ ख ०२१८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा कागजात नभएको खाद्यान्न र चिनी बरामद गरिएको हो । बरामद गरिएको उक्त सामग्री ललितपुरस्थित राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाइएको छ ।


क्लिकमान्डु