त्रिवेणी मोटोकर्पले भित्र्यायो कामा ब्रान्डको ईभी, नेपालमा विक्री सुरु



काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रो बसको पनि विक्री वितरण सुरु गरेको छ ।

कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले चीनको स्याङडो कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरकको रुपमा इलेक्ट्रिक भिहिकलहरु आयात गरी विक्री सुरु गरेको हो ।

स्याङडो कामा अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्मातामध्ये एक हो । यसका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्री हुँदै आएका छन् । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिट क्षमताक कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पीकअप भ्यानको विक्री सुरु गरेको हो।

११ र १४ सिट क्षमताको कामा ईभी माइक्रोमा क्रमश: ३५ र ७० किलोवाट क्षमताको रहेका छन् भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेञ्ज प्रदान गर्छ । कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल ब्याट्री जडान हुन्छ ।


क्लिकमान्डु