कालिमाटी तरकारी बजारमा आज : काउलीमा २८ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी बजारमा बुधबार स्थानीय काउलीको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा बुधबार काउलीमा प्रतिकिलो २८ रुपैयाँ बढेको छ । बुधबार स्थानीय काउली प्रतिकिलो ११३.३३ रुपैयाँमा थोकमा बिक्री भएको छ । मंगलबार यहि काउली प्रतिकिलो ८५ रुपैयाँमा बिक्री भएको थियो ।

यस्तै मंगलबारको तुलनामा ज्यापु काउलीमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको ज्यापु काउली बुधबार १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै बुधबार गाजर ९६, बन्दा ६६, सेतो मुला २२, लाम्चो भान्टा ४६, तने बोडी ६६, घिउ सिमी ६८, टाटे सिमी ११०, तिते करेला ४६, लौंका ४५, परवर ६५, चिचिण्डो ४३.३३, घिरौला ३६, झिगुनी ५६.६७, पाकेको फर्सी ५८, हरियो डल्ले फर्सी ६५, भिण्डी ४६, स्कुस ४५, रायो साग १०० र तोरीको साग ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै कन्ये च्याउ १९६, डल्ले च्याउ ३००, राजा च्याउ २९०, ब्रोकाउली १७३.३३, भेडे खुर्सानी १२२, ठूलो स्वदेशी गोलभेडा ६६.६७, सानो स्वदेशी गोलभेडा १७.५०, टनेल सानो गोलभेडा २५.८०, रातो आलु ६८, मुढे रातो आलु ५४, सेतो आलु ५३.५० र प्याज १०२ रुपैयाँ प्रतिकिलोमा बुधबार थोकमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु