हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट फेसबुक र इन्स्टाबाट हटाएपछि मेटाले माफी माग्यो

287
Shares

एजेन्सी । हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ ।

अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको मृत्युबारे प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पोस्ट हटाएकोमा स्पष्टीकरण माग गरेको एकदिन पछि मेटाले माफी मागेको हो ।

मेटा दुई लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक र इन्स्टाग्राम’को मूल हो ।

‘प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पेजबाट उहाँको पोस्ट हटाइएकोमा हामी क्षमाप्राथी छौँ’, मेटाले एक विज्ञप्तिमा भनेको छ,’ प्रधानमन्त्रीको उक्त पोस्ट पछि सही समाचार योग्य लेबलको साथ पुनर्स्थापित गरिएको छ।’

अनवरको पोस्टमा हामासका एक अधिकारीसँगको फोनवार्तामा हानियाको मृत्युमा शोक व्यक्त गरेको भिडियो समावेश रहेको थियो । प्यालेस्टिनी सशस्त्र समूह हमासका वरिष्ठ राजनीतिक नेता इस्माइल हानियाको इरानी राजधानी तेहरानमा मृत्यु भएको हो ।

अन्वरले साझा गरेको पोस्ट ‘खतरनाक व्यक्ति र संस्थाहरू’ सँगको सम्बन्धका कारण इन्स्टाग्राममा हटाइएको थियो ।

अनवरको कार्यालयले मेटाको यो कदमलाई ‘स्वतन्त्र अभिव्यक्तिको दमन’ को रूपमा वर्णन गर्दै माफी माग गरेको थियो ।