सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने भएको छ ।

सहकारी संस्थाको बचत दुरुपयोग गरेको अभियगमा समितिले लामिछानेसहित २६ जनासँग केही समयमा नै सोधपुछ गर्न लागेको हो ।

समितिले सहकारी बचत अपचलन गरेर २० जना फरार रहेको जनाएको छ । सम्पर्कमा रहेका २६ जनासँग भने सोधपुछ गर्न लागेको हो ।

समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थामा लामिछाने पनि संलग्न रहेको पाइएको छ ।

रास्वपाका सभापति लामिछानेका व्यवसायीक साझेदार समेत रहेका सानो पाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गर्ने गितेन्द्र बहादुर (जिबी राई) हाल फरार रहेका छन् । समितिले राई लगायत २० जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन यसअघि नै निर्देशन दिसकेको छ ।

समितिले सूर्यदर्शन सहकारीका तत्कालीन र वर्तमान सञ्चालक समितिसँग पनि सोधपुछ गर्ने भएको छ ।


क्लिकमान्डु