वर्षा तथा कम भिजिविलिटीका कारण विमान अवतरणमा समस्या, ७ वटा विमान आकाशमै फनफनी



काठमाडौं । रातिदेखिको वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

मंगलबार बिहानदेखि विमानस्थलमा उडान र अवतरण प्रभावित भएपछि जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवक्ता सुभाष झाले विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले विमान अवतरणमा समस्या आएको बताए ।

स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् । सिता एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ ।

दिल्लीबाट काठमाडौं आइरहेको भिस्तरा एयरको जहाज निजगडको आकाशमा फन्कामारिरहेको छ । दोहाकाट काठमाडौं आइरहेको कतार एयरवेजको जहाज पनि होल्ड भएको छ । त्यस्तै दिल्लीबाट काठमाडौं आइरहेको इन्डिगो एयरको जहाज पनि होल्ड भएको छ । भैरहवाबाट काठमाडौं आइरेहेको बुध्द एयरको जहाज पनि हेटौंडामाथिको आकाहमा फन्का मारिरहेको छ ।

वर्षा तथा कम भिजिविलिटी मौसमका कारण केही गन्तव्यहरुका उडान प्रभावित भएको बुध्द एयरले जनाएको ।


क्लिकमान्डु