वर्षाका कारण काठमाडौंका विभिन्न स्थानमा डुबान, चोभरमा पहिरो



काठमाडौं । हिजो रातिदेखि परेको अबिरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् ।

काठमाडौँ महानगरपालिका– १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) हिजो रातीदेखि परेको भीषण वर्षाले वागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । बिहान साढे ८ बजे माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाईप लाईन फुटेर घर पसल डुवान परेका छन् ।

यस्तै कीर्तिपुर नगरपालिका– ६ चोभारमा पहिरो गएको छ । यस्तै हेटौंडा बल्खु सडक खण्डसमेत अबरुद्ध भएको छ ।


क्लिकमान्डु