सेयर बजारमा हरियाली, २१ अर्ब ८६ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४०.७६ अंकले बढेर परिसूचक २७९६.३८ बिन्दु कायम भएको छ । इन्ट्रा डे कारोबारमा २८०६ बिन्दुसम्म पुगेको बजारले फर्केको छ ।

३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।

कारोबारमा बैंकिङ समुह, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ ।
यस्तै होटल, जलविद्युत, जीवन बिमा, निर्जीबन बिमा, ट्रेडिङ, अन्य समूहको उपसूचक बढेको छ ।

कारोबारमा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर, सानिमा माई हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु