वर्ल्डलिंकका ग्राहक ९ लाख, यी हुन् बजारमा बलियो उपस्थिति देखाएका २० इन्टरनेट कम्पनी



काठमाडौं । बजार हिस्साका दृष्टिकोणले अग्रणी इन्टरनेट कम्पनी वर्ल्डलिंकका ग्राहक संख्या ९ लाख छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साढे २७ प्रतिशत बजार हिस्सा पुर्‍याएको वर्ल्डलिंकको फाइबर इन्टरनेटको ग्राहक संख्या ८ लाख ९९ हजार ४७९ रहेको छ ।

वार्षिक १० अर्ब रुपैयाँ कारोबार गर्न थालेको वर्ल्डलिंकसँग प्रतिस्पर्धा गर्ने अर्को कम्पनीको बजार हिस्सा यसको तुलनामा न्यून छ।

नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार डिस मिडिया नेटवर्कको ग्राहक संख्या ३ लाख ६२ हजार रहेको छ । यसको बजार हिस्सा ११ प्रतिशत देखिएको छ ।

बजार हिस्साका दृष्टिले भायनेट तेस्रो नम्बरमा छ । यसको ग्राहक संख्या ३ लाख २५ हजार रहेको प्राधिकरणको तथ्यांक छ ।

क्लासिक टेकको पनि ३ लाख ८ हजार ग्राहक संख्याका हिसावले चौथो स्थानमा छ । यसको बजार हिस्सा ९ प्रतिशत छ ।

नेपाल टेलिकम बजार हिस्साको दृष्टिले ५ औं नम्बरमा छ । यसको बजार हिस्सा ९ प्रतिशत छ । यसको ग्राहक संख्या ३ लाख २० हजार रहेको छ ।

सुविसु केवलनेटको ग्राहक संख्या २ लाख ९४ हजार छ । यसको बजार हिस्सा ९ प्रतिशत छ । बजार हिस्साका दृष्टिले टेकमाइन्ड, ब्रोडलिंक र वेवसफरको बजार हिस्सा ४ प्रतिशत छ । सीजी कम्युनिकेसको २ प्रतिशत र फाइवरवर्ल्डको १ प्रतिशत छ । बाँकी सेवाप्रदायकको हिस्सा १ प्रतिशतभन्दा कम छ ।


क्लिकमान्डु