सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको कारोबार अहिलेसम्मकै महँगोमा भइरहेको हो।

शुक्रबार अहिलेसम्मकै महँगोको रेकर्ड राखेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार केही घटेको थियो ।

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको थियो । आइतबार भने तोलमा २ सय रुपैयाँले घटेर कारोबार भएको थियो ।

आज भने सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ प्रतितोला १ हजार ७८५ कायम भएको छ ।


क्लिकमान्डु