साढे ४ अर्ब प्रोभिजन घटाउँदा कुमारी बैंकको नाफामा उल्लेख्य सुधार



काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ३४५.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ५१ करोड ७९ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकको सञ्चालन नाफामा बढोत्तरी र नोक्सानी व्यवस्था घट्दा नाफा बढेको छ । बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम धेरै नै घटेको छ । जसले नाफा बढाउन सघाएको छ । बैंकको ब्याज आम्दानी १३.४० प्रतिशतले बढेर ३८ अर्ब ६८ करोड २३ लाख रहेको छ ।

खुद ब्याज आम्दानी ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३०५.९२ प्रतिशतले बढेर ३ अबर्ब ९० करोड ३७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले अघिल्लो आव छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ५६.०८ प्रतिशत घटेर ३ अर्ब ५६ करोड ४३ लाख मात्र प्रोभिजन थप गरेको छ ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको ब्याज बक्यौता बढी हुँदा लाभांश दिन सक्ने क्षमता ऋणात्मक देखिएको छ । बैंकले गैह्र बैंकिङ सम्पत्तिका लागि ४१ करोड प्रोभिजन गरेको छ ।

बैंकले २०८१ असार मसान्तसम्म ३ खर्ब ३३ अर्ब ११ करोड १३ रुपैयाँ बराबरको निक्षेप परिचालन गरेको बैंकले २ खर्ब ७३ अर्ब २० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख र जगेडा कोषमा १४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८.८ रुपैयाँ, नेटवर्थ १४१.४७ रुपैयाँ र पीई रेसियो १७.४७ प्रतिशत छ ।

यस अवधिमा प्रभुको निष्क्रिय कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशत कायम भएको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा १३७.१३ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म ११३.८ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ८१.४८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु