नेपाल फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल फाइनान्सको नाफा घटेको छ ।
फाइनान्सले गत आवको असार मसान्तसमम्म १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आवको सोही अवधिको तुलनमा १०.०१ प्रतिशतले कम हो । फाइनान्सले अघिल्लो आवको सोही अवधिमा २ करोड १ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा कम्पनीको इम्पेरिमेन्ट चार्ज ६२ लाख ५८ हजार पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो चार्ज २ करोड ५० लाख ३९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज र सञ्चालन नाफा बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा फाइनान्सको घटेको छ । कम्पनीको वितरणयोग्य नाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
असार मसान्तसम्म फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४३ करोड १० लाख १८ हजार रुपैयाँ रहेको छ । २ अर्ब ५५ करोड ४५ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले २ अर्ब १ करोड ९६ लाख ४३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको ३.०५ प्रतिशत बिन्दुले घटेर ९.११ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ ।