थाइ एयर एसियालाई भैरहवाबाट सातामा चार उडान गर्न अनुमति



काठमाडौं । थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ ।

शनिबार विहान एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिएका छन् ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा उपयोग गर्ने काममा जुटेको बताउदै उनले थप वायुसेवा कम्पनीहरूसँग समेत उडानका लागि छलफल भई रहेको जानकारी दिए ।


क्लिकमान्डु