
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्नका लागि आ(आफ्नो जिम्मेवारीअनुसार परिणाम निकाल्न निर्देशन दिए ।
उनले राष्ट्रिय महत्व र गौरवका आयोजना, प्रतिफल दिने आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ बजेट कार्यान्वयन कार्ययोजना तयार परेको छ ।
अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि एक सय ७५ वटा ‘माइलस्टोन’ निर्धारण गरेको थियो । जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् भने २८ वटाको काम सुरु हुन सकेन ।
प्रतिक्रिया