भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?



एजेन्सी । २०२४ मा थुप्रै नयाँ कारहरु लन्च भएका छन् । टायरलाई अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई थुप्रै नयाँ विकल्प दिँदै यी कारहरु लन्च गरिएका छन् । अगस्ट महिना सुरु भएसँगै कार निर्माताहरुले आफ्ना नयाँ कार लन्चको तयारी गरिरहेका छन् ।

टाटा मोटर्सदेखि मर्सिडिज एएमजीसम्मका कारमा ग्राहकले केही न केही नयाँपन पाउनेछन् । २०२४ को अगस्टमा लन्चको तयारीमा रहेका नयाँ कारहरु यस्ता छन् ।

२०२४ निसान एक्स-ट्रायल

२०२४ निसान एक्स-ट्रायल यही अगस्टको १ गते भारतमा लन्च भएको छ । यो कारलाई पूर्ण रुपमा सीबीयुको रुपमा भारतमा ल्याइएको हो । एक दशकभन्दा लामो अवधिपछि भारतमा ल्याइएको यो कार १.५ लिटर टर्बो-पेट्रोल इन्जिनको हो । यसको मूल्य झण्डै ५० लाख भारु पर्ने बताइएको छ । (मूल्य : ५० लाख भारु)

सिट्रोन बसल्ट

सिट्रोन बसल्ट एसयुभी अगस्ट २ मा औपचारिक रुपमा लन्च भएको छ । र यसले लन्चको तयारीमा रहेको टाटा कर्भलाई कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ । यो कारमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन रहेको बताइएको छ । साथै १०.२५ इन्चको डिस्प्ले स्क्रिन पनि यसमा उपलब्ध छ । जसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका सुविधा पनि उपलब्ध छन् । (मूल्य : १० देखि १५ लाख भारु)

टाटा कर्भ ईभी

टाटा मोटर्सले पहिलो पटक कर्भ ईभीको अवधारणा भारतमा २०२२ को अप्रिलमा सार्वजनिक गरेको थियो । जुन कार अगस्ट ७ मा भारतमा लन्चको तयारीमा छ । र जसलाई भारतीय कम्पनीले लेटेस्ट ईलेक्ट्रिक एसयूभी बनाउने तयारी गरेको छ ।

साथै यसले सिंगल चार्जमा ५०० किमीको रेन्ज सुविधा दिने अपेक्षा गरिएको छ । र एडीएएस जस्ता फिचर पनि यसले दिने अपेक्षा गरिएको छ । (२० देखि २४ लाख भारु)

महिन्द्रा थार रक्स

वहुप्रतिक्षित मानिएको महिन्द्रा थार रक्सलाई भने अगस्ट १५ मा भारतमा लन्चको तयारी गरिएको छ । थारको ठूलो भर्सनमा २.२ लिटर डिजेल र २ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प छ । यसवाहेक यो कारमा फराकिलो डिस्प्ले स्क्रिन सिस्टमसहित क्लाइमेट कन्ट्रोल, ६ वटा एयरब्याग साथै ३६० डिग्रीको क्यामेरा लगायतका फिचर उपलब्ध छन् । (१२ देखि १५ लाख भारु)

मर्सिडिज एएमजी जिएलसी ४३ कुप

लग्जरी कारको रुपमा मर्सिडिज एएमजीको मूल्य ६० लाख भारुभन्दा बढी पर्ने बताइएको छ । जुन कार अगस्टको दोस्रो सातामा लन्च हुने बताइएको छ । यो कार जिएलसी लाइनअपमा टप स्पेक भेरिएन्ट हुन्छ । साथै यसमा २ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । (करिब ९० लाख भारु)

लेम्बोर्घिनी उरुस एसई

सबैभन्दा महंगो कारको रुपमा भारतमा यो कार यही अगस्ट महिनाभर लन्च हुनेछ । र यो कम्पनीको पहिलो प्लग इन हाइब्रिड स्पोर्ट्स एसयूभी पनि हो । जसमा २५.९ किलोवाट ब्याट्री प्याकसहित प्लग इन हाइब्रिड सिस्टम ४ लिटर ट्विन टर्बो भि ८ पेट्रोल इन्जिन जडान हुन्छ । (४ करोड ९० लाखदेखि ५ करोड भारु)

यसैबीच अगस्टको अन्तिम साता नेपालको राजधानी काठमाडौंमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो’ आयोजना गर्दैछ । हरेक वर्ष आयोजना गरिने यस प्रदर्शनीमा पछिल्ला वर्षहरुमा नयाँ मोडलका र विद्युतीय सवारीहरु पनि प्रदर्शनीमा राख्ने गरिएको छ ।

भारतीय कम्पनीले यही अगस्टमा लन्च गरेका र लन्चको तयारीमा रहेका १० लाखदेखि ५ करोड भारुसम्मका यी आकर्षक गाडीहरुमध्ये केही भने काठमाडौंको नाडा अटो शोमा पनि ल्याउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु