रियलमी सी-६१ टफ एज स्टिल एन्ट्री स्मार्टफोन नेपालमा, कतिपर्छ मूल्य ?



काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ ।

रियलमी सी–६१ ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्गको साथ नयाँ मानक सेट गर्दछ ।
४८ महिनाको फ्लुएन्सी (वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी) भएकोले प्रयोगकर्ताहरूले अब ४ वर्षसम्म नयाँ फोन चलाएको अनुभव गर्न सक्नेछन् ।

रियलमी सी ६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ ।
दैनिक जीवनमा आइपर्न सक्ने अप्रत्याशित क्षणहरू सामना गर्न इन्जिनियर गरिएको रियलमी सी६१ ले टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्दछ । बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकोले यो फोन अरु प्रतिस्पर्धीहरु भन्दा उत्कृष्ट छ ।
आरमोरसेल प्रोटेक्शन र टीयुभी रेनल्याण्ड हाइ रिलायबिलिटिको प्रमाणपत्रले यसको उत्कृष्ट गुणस्तर निर्माणलाई थप प्रमाणित गर्दछ ।

३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको रियलमी सी६१ ले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ । एड्भान्स्ड फोटोग्राफी एल्गोरिदमले प्रयोगकर्तालाई अझ सटीक र जिवन्त रङहरू निकाल्न सक्षम बनाउँछ । यो फिचरले गर्दा रियलमी सी६१ लाइ यो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट फोन बनाएको छ । त्यसैगरी, नाइट मोडले रातको समयमा फोटो खिच्न पनि अझ सजिलो बनाउँछ र अँध्यारो समयमा पनि डिटेल्स र सार्पनेस कायम रहन्छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्री भएको रियलमी सी६१मा सिंगल चार्जमा ३० घण्टा भन्दा बढी भ्वाइस कल गर्न सकिन्छ । साथै १००० चोटी चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८० प्रतिशतसम्म कायम रहन्छ । ७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी६१ चलाउन पनि उत्तिकै सहज छ । यसको ९०हर्जको आइ कम्फर्ट डिस्प्लेले स्पष्ट र लिक्विड स्मूथ डिस्प्ले सुनिश्चित गर्दछ ।

रियलमी सी६१ मा ६+६ जीबी सम्मको डाइनामिक ¥याम छ, जसले स्विफ्ट र रेस्पोन्सिभ मल्टिटास्किङ सुनिश्चित गर्दछ । साथै यसको ९० हर्जको उच्च रिफ्रेस रेट र १८० हर्जको टच स्याम्प्लिङ्ग रेटले लिक्विड स्मूथ भिजुअल र एक रेस्पोन्सिव डिस्प्ले प्रदान गर्दछ । रेनवाटर स्मार्ट टच भएको हुँदा रियलमी सी६१ भिजेको हातले छुँदा पनि राम्रो सँग चलाउन सकिन्छ ।

नयाँ मिनी क्याप्सुल २.० ले प्रयोगकर्तालाई सिमलेस कन्ट्रोल र नेक्स्ट लेभल अन्तरक्रिया प्रदान गर्दै सूचनाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज बनाउछ जसले (जेन जी) प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनिले लिएको छ । रियलमीको (इण्टुइटिभ यू आइ ) पनि भएकोले रियलमी सी६१ ले रमाइलो र सिमलेस अनुभव प्रदान गर्दछ ।

रियलमी सी६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ । रियलमी सी६१ को ४ जीबी प्लस ६४ जीबी भेरियन्टको लागि १३ हजार ४९९ र ६ प्लस १२८ जीबी भेरियन्टको लागि १६ हजार ४९९ रुपैयाँ रहेको छ । रियलमी सी६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमा उपलब्ध छ ।


क्लिकमान्डु