एनआईसी एशिया लघुवित्तले निफ्राको १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बिक्री गर्न लागेको छ ।

कम्पनीले निफ्रामा आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि सेयर निष्कासन गरेको थियो ।

तर विद्यमान सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो । संस्थापक यसेर खरिद गर्ने व्यक्ति वा संगठित संस्था पनि संस्थापक समूहभित्र नै समावेश हुने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु