पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द



काठमाडौं । केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ ।

सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट)लागू गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका कारण टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण सबै भारतीय च्यानल काटिएको छ ।

केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार नेपालले सेवा प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क तिर्न नसकेका कारण भारतका मुख्य चार टिभी च्यानल प्रसारण कम्पनीहरु स्टार, सोनि, जी र कलर्सबाट आउने सबै च्यालन बन्द भएको छ ।

सरकारले टेलिभिजन हेर्नका लागि अलाकार्ट सिस्टम लगाएपछि त्यसको कार्यान्वयनमा जाँदा कुनले कति पैसा तिर्नुपर्ने, कति पैसा लाग्यो भन्ने विषयमा स्पष्ट पार्ने कार्यविधि बन्न नसकेको कारण सबै च्यानल काटिएको हो ।

भारतीय चारवटा च्यानलमा स्टारको ३२ वटा, सोनीको १८ वटा, कलरको ८ वटा जीको १२ वटा च्यानल आउँथ्यो त्यो सबै काटिएको महासंघका अध्यक्ष पराजुलीले क्लिकमाण्डुलाई जानकारी दिए । यसरी काटिएका च्यानल करीब ७४ वटा छन् ।

उनका अनुसार टेलिभिजन सञ्चालकले पैसा तिरिहेको भएपनि डिस्ट्रिव्युटरले सटही सुविधा नपाउँदा पैसा बाहिर लैजान नपाएको कारण टेलिभिजन च्यानल बन्द भएको पराजुलीले जानकारी दिए ।

टेलिभिजिन ड्रिस्टिव्यूटर्सले पठाउने पैसासम्बन्धि कार्यविधि बनाउन सञ्चार मन्त्रालयले गरेको ढिलाइसको शिकार नेपाली टेलिभिजन सेवाप्रदायक हुन पुगेका हुन । ड्रिस्टिव्यूटर्सले एक वर्षदेखि पैसा पठाउन सकेका छैनन् । सरकारले पैसा पठाउने आधार तय नगरिदिएको कारण अहिले समस्या आएको उल्लेख छ ।


क्लिकमान्डु