मुखमा टेप टासेर सहकारी पीडितले काठमाडौंमा बनाए मानव साङ्लो (तस्बिर)



काठमाडौं । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् ।

सरकार संवेदनशील नभएको उनीहरुको आरोप छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो वचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।


क्लिकमान्डु