झापामा ११ सय १० उद्योग दर्ता



झापा । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।

उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो ।


क्लिकमान्डु