राष्ट्र बैंकले पछि धकेल्यो चालु पुँजी कर्जा मार्गदर्शनको एक व्यवस्था कार्यान्वयन



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको एक व्यवस्था कार्यान्वयनलाई पछि धकेलेको छ । गरेको छ । केन्द्रीय बैकले एक परिपत्र जारी गर्दै चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था निर्धारित निर्धारित मितिभन्दा ९ महिनापछि पछि धकेलेको हो ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् व्यवसायीले उठाउँदै आएको मााग सम्बोधन गर्दै कार्यान्वयन २०८२ साउन देखि गर्ने उल्लेख गरेको थियो । हाल वास्तविक र प्रक्ष्येपित कारोबारको अन्तर २५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था मार्गदर्शन जारी भएको २ वर्षपछि अर्थात् २०८१ कात्तिक १ देखि कार्यान्वयनमा आउँदै थियो ।

राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गर्न भन्दै २०७९ कात्तिक १ गतेदेखि चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू गरेको थियो । व्यवसायीहरुले यसको व्यापक विरोध गर्दै आएका थिए ।

यो व्यवस्थाले अन्धाधुन्ध कर्जा लिएकालाई थप कर्जा लिन प्रोत्साहन मिलेर वित्तीय अराजकता बढाउन मद्दत मिल्नेछ ।


क्लिकमान्डु