बैंक, वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जना पक्राउ



काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले अनलाइनमार्फत ठगी गरेको उजुरीपछि दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष २३ का सत्यमकुमार सहनीलाई पक्राउ गरी सार्वजनिक गरिएको उनले बताए ।

फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपहरुको प्रयोगमार्फत ईसेवा वालेट लगायत विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगीमा परेका पीडितहरु २२ जनाले यस वर्ष काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको जानकारी दिए ।


क्लिकमान्डु