उत्तरी भोजपुरमा बाढी: २ जलविद्युत आयोजना क्षतिग्रस्त, २ घरसहित ४ जना बगायो



काठमाडौं । अविरल वर्षासँगै गए राती आएको बाढीले उत्तरी भोजपुरमा ठूलो क्षति पूर्‍याएको छ । भोजपुरको लाहुरे खोला/ थुम्लुङ खोला थुनिएर फेदी खोला, इर्खुवा खोलामा मानवीय र ठूलो भौतिक क्षति पूर्‍याएको छ ।

बाढीले निर्माणाधीन ४.३ मेगावाटको फेदी थुलुङ खोला र १४.५ मेवा अप्पर इर्खुवा खोलामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले इर्खुवा खोला जलविद्युत आयोजनामा काम गर्ने ४ जना कर्मचारीलाई बगाएको थियो । जसमध्ये २ जनाको उद्धार गरिएको छ ।

२ जना बेपत्ता मध्ये १ जनाको लास भेटिएको छ । १ जनाको अझै खोजीकार्य जारी छ । उद्दारमा स्थानीय, सुरक्षाकर्मी, प्रशासन, स्थानीय पालीकाहरु लागायतको सहयोगमा थप उद्दार, खोजीकार्य जारी छ ।

भीषणले वर्षाको बाढीले लंखुवा, नागदह आसपासको बस्तिमा पनि ठूलो क्षति पुगेको छ । नागदहमा सीता राई र चित्रबहादुर दर्जीको २ घर पुर्णरुपले बगाएको छ ।

सीता राईलाई पुरिएको अवस्थाबाट स्थानीयले उद्धार गरेका ‍थिए । बाढीले झोलुङ्गे पुल, सडक पुलहरु र लघु जलविद्युतमा पनि क्षति पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।


क्लिकमान्डु