सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ९ जना बने भाग्यमानी



काठमाडौं । सूर्योदय वोमी लघुवित्तको थप सार्वजनिक (एफपीओ) बाँडफाँट भएको छ ।

आज बिहान बिक्री प्रबन्धक कुमारी क्यापिटलमा एफपीओ बाँडफाँट भएको हो । एफपीओमा आवेदन दिएका मध्ये ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर पाएका छन् । बाँकी ९.५४ कित्ता सेयर ९ जनालाई थप १÷१ कित्ताका दरले बाँडफाँट गरिएको छ ।

सेयरको नतिजा बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट, सीडीएससीको सेयरको नतिजा थाहा पाउन बनाएको वेवसाइट, सूर्योदय वोमी लघुवित्तको वेवसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।


क्लिकमान्डु