भोजपुरको इर्खुवा खोलामा बाढीले हाइड्रोमा कार्यरत २ जना बेपत्ता



विराटनगर । उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिकाको इर्खुवा खोलामा आएको बाढीमा परि दुई जना बेपत्ता भएका छन्।

राति १ बजेतिर आएको बाढीले इर्खुवा हाइड्रोपावर निर्माणमा खटिएका २ जना कामदारलाई बाढीले बगाउँदा बेपत्ता भएको भोजपुर प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेको प्रहरीले जनाएको छ । अर्का एक जना रामकिसन थारुको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । वेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।


क्लिकमान्डु