नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना



काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् ।

चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताए ।

राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेका भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण रहेको बताए । उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

“यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भने ।

फरक प्रसङ्गमा उनले चिनियाँ कम्युनिष्ट पार्र्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताएका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पारे ।

चिनियाँ राजदूतले भने , “सुधार र खुलापनलाई निरन्तर प्रक्रियाका रूपमा कायम राख्ने निर्णय बैठकले गरेको छ, भविष्यका लागि अझ सुधार र विकासको योजना बनाएइका छन् ।”


क्लिकमान्डु