छतमा समस्या देखिएपछि १८ लाख टेस्ला कार फिर्ता गरिँदै



एजेन्सी । अमेरिकाको राष्ट्रिय अटो सुरक्षा नियामक निकायले १८ लाखभन्दा धेरै टेस्ला कारहरुको हुडको सफ्टवेयरमा खराबी पत्ता लगाएपछि ती कारहरुलाई फिर्ता गर्ने भएको छ ।

राष्ट्रिय हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनका अनुसार ओभर द एयर छत भएका ती कारहरुले दुर्घटना जोखिम बढाएका छन् । टेस्लाले भने यस्तो समस्या समाधान गर्न ओभर द एयर सफ्टवेयर अपडेट रोलआउट गर्न सुरु गरेको छ ।

यस घोषणाले टेस्लाका २०२१ देखि २०२४ को अवधिमा बनेका मोडल ३, मोडल एस, मोडल एक्स साथै २०२० देखि २०२४ मा बनेका मोडल वाइ सवारीहरु प्रभावित हुने बताइएको छ । यसैबीच कम्पनीले भने चीनमा गत मार्चदेखि आफ्ना ग्राहकहरुले गरेका गुनासोमाथि अनुसन्धान गर्ने प्रतिक्रिया दिएको छ । यस क्रममा चीनमा मोडल ३ र मोडल वाइ सवारीका छतलाई लिएर चीनमा गुनासो आएको थियो ।

साथै ल्याच हार्डव्यर रिकभरी साथै यी सवारीसाधनमा निरीक्षण सुरु गरिएको टेस्लाले जनाएको छ । जवकि युरोप र अमेरिकामा यस्ता छत खुला भएका कारहरु दुर्घटनामा परेका थिए ।

टेस्लाले भने गत महिना यस्ता हुड ल्याच एसेम्बलीको निरीक्षणका लागि इन्जिनियरिङ सुरु गरेको जनाएको छ । र यही महिनाको सुरुमा ती गाडीहरुलाई फिर्ता गर्ने घोषणा गरेको हो ।

जवकि नयाँ अटोपाइलट भएका सवारीसँग सम्बन्धित २० दु्र्घटनापछि अटो सुरक्षा नियामक निकायले अनुसन्धान सुरु गरेको थियो । यसैबीच टेस्लाले गत साता मात्रै पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा खराब त्रैमासिक आम्दानीको रिपोर्ट सार्वजनिक गरेको थियो ।


क्लिकमान्डु