सेयर बजारमा करेक्सन, तीन वर्षपछि साढे १९ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । केही समययता बजारमा बजारमा देखिएको उछाल सोमबार भने केही करेक्सन देखिएको छ ।

बजारमा करेक्सन आउँदा पनि कारोबार रकम भने करिब ३ वर्ष अघिको स्थितीमा पुगेको छ । २०७८ भदौ ३ गते बजार बजारमा २० अर्ब ४९ करोड ९२ लाख ११ हजार रुपैयाँको कारोबार भएको थियो । त्यो मितिमा बजार १८.२४ अंकले घटेको थियो ।

सोमबार पनि बजार २०.४६ अंकले घटेर परिसूचक २६६१.०९ बिन्दु कायम भएको छ । निकै उतार चढाबका बिच बजारमा राम्रो करेक्सन देखिएको छ । सोमबार ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । वित्त, जलविद्युत बाहेक सबै समूहको उपसूचक राताम्मे भएका हुन् । ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ ।


क्लिकमान्डु