कालिमाटी तरकारी बजारमा आज: गाजरमा प्रतिकिलो ४ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?

266
Shares

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार गाजर प्रतिकिलो १०६.६७ रुपैयाँमा बिक्री भएको छ । आइतबार यो गाजर प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको थियो ।

सोमबार बन्दा ४५, स्थानीय काउली ८६.६७, ज्यापु स्थानीय काउली ९६.६७, सेतो मुला २१.६७, लाम्चो भान्टा ५५, तने बोडी ७६, घिउ सिमी ७६, टाटे सिमी ११५, तिते करेला ४६, लौंका ३६, परवर ६५, चिचिण्डो ५५, घिरौला ३४, झिगुनी ७५, पाकेको फर्सी ६३, हरियो डल्ले फर्सी ५६, भिण्डी ३५, स्कुस ६६, रायो साग ७५ र तोरीको साग ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ७५, सानो गोलभेडा २५, टनेलको सानो गोलभेडा ३९, रातो आलु ६८, मुुढे रातो आलु ५०, सेतो आलु ५१, प्याज ८२.४०, कन्ये च्याउ १९२, डल्ले च्याउ ३००, राजा च्याउ २९०, ब्रोकाउली १३२, कटहर ४८.३३, अदुवा १९२, भेडे खुर्सानी ८० र स्वदेशी लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य