विशेष अदालतमा निलम्बित मुख्यसचिव अर्यालको बयान जारी, धरौटीमा छुट्लान् ?



काठमाडौं । भ्रष्टाचार मुद्दाका आरोपी निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध दायर मुद्दामा सुनुवाइ भइरहेको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान जारी रहेको छ ।

उनको बयान भइरहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज अधिकारीले जानकारी दिए । बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने सम्भावना छ ।

अर्यालमाथि अन्त: शुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी पुष्पकमल दाहाल नेतृत्वको सरकारले सरुवा गरेको थियो ।


क्लिकमान्डु