सेयर बजारमा उछाल आउँदा ३५ लघुवित्तको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजारमा ११३.४२ अंकको उछाल आएको छ । आज बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बैंकिङ समूहको उपसूचक करिब १० प्रतिशतले बढ्यो । तर धेरै जसो बैंकको स्वामित्व रहेका माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ ।

आइतबारको कारोबारमा सबै समूहको उपसूचक बढ्यो । तर माइक्रोफाइनान्सको भने घटेको छ । यो दिन माइक्रोफाइनान्स समूहको उपसूचक १०.०६ अंकले घटेको छ ।

साताको पहिलो कारोबार दिन १२ वटा माइक्रोफाइनान्स समूहका कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घटेको छ ।

सेयर मूल्य घटेको कम्पनीमा ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, लक्ष्मी लघुवित्त, एनआईसी एशिया लघुवित्त, एनएमबि माइक्रोफाइनान्सको सेयर मूल्य घटेको छ ।

कारोबारमा आरम्भ चौतारी लघुवित्त, आशा लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, डिप्राृेक्स लघुवित्त, धौलागिरी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, ग्रामिण विकास लघुवित्त, गुँरास लघुवित्तको सेयर मूल्य घटेको छ ।

गणपति लघुवित्त, इन्फिनिटी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, मानुषी लघुवित्त, महिला लघुवित्त, माहुली लघुवित्तको सेयर मूल्य घटेको छ ।

यस्तै नाडेप लघुवित्त, नेष्डो लघुवित्त, आरएसडिसी लघुवित्त, समाज लघुवित्त, सृजनशिल लघुवित्त, स्वरोजगार लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, स्वाबलम्बन लघुवित्त, विजय लघुवित्त, वन नेपाल लघुवित्तको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु