४ महिनामै भैरहवाको चारतारे गार्डेन रिसोर्टले गर्‍यो २ करोड २० लाखको ब्यापार



काठमाडौं । रुपन्देहीको भैरहवामा अवस्थित भैरहवा गार्डेन रिसोर्टले पछिल्लो आर्थिक वर्षमा जम्मा २ करोड २० लाखको ब्यापार गरेको छ ।

चार तारे होटलको स्टान्डर्डमा रहेको यस रिसोर्टले आर्थिक वर्ष २०२४ को मध्य जुनसम्ममा ८० प्रतिशतभन्द बढी वित्तीय उपलब्धि हासिल गरेको छ ।

व्यवसायी निर्मल श्रेष्ठले ७२ कोठासहितको चार तारे होटल पहिलो पटक भैरहवामा सुरु गरेका हुन् । २०२४ को फेब्रुअरीमा उद्घाटन गरिएको यस रिसोर्ट मध्य अगस्टदेखि पूर्ण रुपमा सञ्चालन हुने बताइएको छ ।

रिसोर्टले छोटो समयमै राम्रो व्यापार गरेको छ । यसैबीच रिसोर्टले १ अर्ब २ करोड रुपैयाँको लागि रेटिङ गराएको छ ।

जस अन्तर्गत दीर्घकालीन कर्जाका लागि रिसोर्टले १ अर्ब रुपैयाँको रेटिङ गराएको छ भने अल्पकालीन कर्जाका लागि २ करोडको रेटिङ गराएको हो ।


क्लिकमान्डु