२ वर्षको पैसा तिर्दा वर्ल्डलिंकको इन्टरनेट ७५० रुपैयाँमै पाइने, यस्तो छ दुईमा चार अफर



काठमाडौं । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउने कम्पनीले जनाएको छ । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्ने कम्पनीले जनाएको छ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ ।

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ । यस बाहेक ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क हुन आउँछ ।

यो अफर लिनका लागि वर्ल्डलिंकको हटलाइन ९८०१५२३०५२, वेबसाईट www.worldlink.np र फेसबुक मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


क्लिकमान्डु