मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः महासंघ



काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आ.व. २०८१/०८२ को मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने राष्ट्रिय सहकारी महासंघले जनाएको छ । महासंघले राष्ट्र बैंकको नीतिलाई स्वागत गरेको जनाएको छ ।

पहिलो पटक मौद्रिक नीतिमार्फत सहकारी क्षेत्रका चुनौती सम्बोधन हुनुले सहकारी अभियानको मनोबल उच्च बनाएको महासंघले जनाएको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उद्घोषले सहकारीप्रति विश्वासको वातावरण पुर्नस्थापित हुने अवस्था सिर्जना जारी विज्ञप्तिमा उल्लेख छ ।

नियमन तथा सुपरिवेक्षण संयन्त्र निर्माणका लागि आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने प्रतिबद्धताको स्वागत गर्दै यस कार्यमा अभियानसंग समेत समन्वयका लागि अनुरोध गरेको छ ।

समस्याग्रस्त सहकारीका संचालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश भएको स्मरण गराएको छ ।

यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको जनाएको छ ।
चालु मौद्रिक नीतिले सहकारी क्षेत्रको आत्मबल बढाउन, समस्या समाधान गर्न र आर्थिक स्थायित्वमा योगदान पु¥याउन महत्वपूर्ण विषय समेटेको महासंघको बुझाई छ ।

यो नीतिले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै मौद्रिक नीतिका नीतिगत व्यवस्था पूर्ण कार्यान्वयन हुने अपेक्षा लिएको महासंघले जनाएको छ ।


क्लिकमान्डु