न्यादी हाइड्रोपावर साढे १६ करोड नोक्सानमा, प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार न्यादी हाइड्रोपावर नोक्सानमा रहेको छ ।
असार मसान्तसम्म कम्पनी १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनी २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले असार मसान्तसम्म बिजुली बेचेर ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा बिजुली बेचेर हुने आय सामान्य बढेको छ ।

अघिल्लो आवमा बिजुली बेचेर ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ७८ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा रहेको छ ।


क्लिकमान्डु