विमान दुर्घटना: ४ जनाको शव परिवारले बुझे, माग पूरा नभएसम्म नबुझ्ने केहीको अडान (तस्बिरहरु)



काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझेका छन्।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् ।

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

बुधबार काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा दुर्घटना पर्दा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।

विमानका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो । उनको अहिले उपचार भइरहेको छ ।


क्लिकमान्डु