सूचना प्रविधि र पर्यटन क्षेत्रलाई सस्तो व्याजदरमै ऋण, २ प्रतिशतभन्दा बढी प्रिमियम लिन पाउने व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि र पर्यटन क्षेत्रलाई सस्तो व्याजदरमै ऋण दिने व्यवस्था गर्ने भएको छ ।

शुक्रबार जारी भएको मौद्रिक नीतिले २ प्रतिशतभन्दा बढी प्रिमियम लिन यो क्षेत्रलाइ थप गर्न नपाउने व्यवस्था गरेको छ ।

यो व्यवस्थासँगै अब कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा बेसरेटभन्दा २ प्रतिशत मात्रै प्रिमियम लिन पाइने व्यवस्था भएको छ ।

२ करोड रुपैयाँ सम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्था हाल कायम छ ।

यही व्यवस्था अनुसार अब २ करोड रुपैयाँसम्मको ऋणमा राष्ट्र बैंकले सहजीकरण गरेको हो ।


क्लिकमान्डु