बैंकहरुले ऊर्जा बण्डलाई ऊर्जा क्षेत्रमा गर्नुपर्ने लगानीको सीमामा गणना गर्न पाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऊर्जा बण्ड, ऊर्जा सम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिमार्फत ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न यस्तो व्यवस्था गर्न लागेको हो । ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाहरुबाट जारी गरिएका ऊर्जा बण्डलगायका ऊर्जा सम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमा गणना गर्न सकिने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले लामो समयदेखि यस्तो व्यवस्थाका लागि लबिईङ गरिरहेको थियो ।

५ अर्बको रेमिट पावर बण्ड जारी हुँदै, प्रतिकित्ता १००० रुपैयाँ पर्ने, कति पाइन्छ व्याज ?


क्लिकमान्डु