नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषणा



काठमाडौं । सरकारले नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन ८ गते संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

संस्थाले सहकारी ऐन नियम मूल्य मान्यता विपरित काम गरी बचतकर्ताको रकम फिर्ता नगरेको हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा १ को देहाय खण्ड (ख) देखि (च) सम्मको अवस्था रहेको देखिएकोले संस्थालाई विभागको सिफारिसमा समस्याग्रस्त घोषणा गरे‍को मन्त्रालयले जनाएको छ ।

उक्त सहकारी संस्थाको सम्पति व्यबस्थापन र दायित्व समस्याग्रस्त सहकारी व्यबस्थापन समितिमा पठाएको जनाएको छ ।


क्लिकमान्डु