राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी नियुक्त



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा शिवराज अधिकारी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनी राष्ट्रिय योजना आयोगका सदस्य थिए ।

सरकारले आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।


क्लिकमान्डु