ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा रेग्मीलाई नियुक्त गरिएको हो । रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् ।

बैंकिङ क्षेत्रमा ३५ वर्ष लामो अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । उनले व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा कार्यानुभव हासिल गरिसकेका छन् । उनी यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट भने अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल भने कम्पनीको सीईओमा रत्नराज बज्राचार्य छन् ।

बज्राचार्य आगामी भदौ १ गतेबाट लागू हुने गरि बाहिरिने छन् । सोही बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु