तीब्र प्रतिस्पर्धा र मन्दीका बावजुद एनआईसी एशिया क्यापिटलको उत्साहजनक सफलता



काठमाडौं । मर्चेण्ट बैंकिङ व्यवसायमा बढ्दै गइरहेको तीब्र प्रतिस्पर्धा, धितोपत्रको दोश्रो बजारको कारोवार समीक्षा अवधिभर नै मन्दी हुनु तथा समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एन आई सी एशिया क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको छ ।

चुक्ता पूँजी रु.२० करोड रहेको यस एन आई सी एशिया क्यापिटलले समीक्ष आथिक वर्षमा रु.१२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.५० कायम गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म क्यापिटलले देहाय बमोजिमको व्यवसाय गर्न सफल भएको छ :

आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ ।

संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

“एन आई सी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु.११.४७, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु.११ पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य (NAV) रु. ११.०९, तेश्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)” को खुद सम्पत्ति मूल्य (NAV) रु.११.४६, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को ११.३४ र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य (NAV) रु.१०.०७ कायम गर्न सफल भएको ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २८ वटा कम्पनीहरुसंग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ ।

क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further Expansion हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरी आ.व. २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट रु.२ अर्व ३४ करोड भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ ।

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समय समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु संचालन गरिरहेको छ । उक्त सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।

क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझँ पुर्याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

क्यापिटलले २०८१ आषाढ मसान्तसम्म ७ लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” मात्र रु.९९९ मा लाइफटाइम डिम्याट खाता नविकरण हुने तथा रु.१,००० मा भुक्तानी गर्दा मेरो शेयर खाता लाइफटाइमको लागि नविकरण हुने योजना संचालन गरिरहेको छ ।

साथै “एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा “९९९ बैदेशिक रोजगार डिम्याट योजना” लगायतका योजनाहरु संचालन गरिरहेको छ ।

हाल क्यापिटलले एन आई सी एशिया क्यापिटलले भिडियो केवाइसी मार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत संचानलनमा ल्याएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई रु.१३ अर्व भन्दा बढी शेयर पूँजी संकलन गरिदिन सफल भएका छौं ।

आषाढ मसान्तसम्म ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै ४ वटा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।

साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत गा्र हकहरु माँझ पुर्याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मूल नाराका साथ क्यापिटलसँग आवद्ध ग्राहकहरु तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधा सहित “मोबाइल एप” संचालन गरीरहेको छ । आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई “मोबाइल एप” मा Integration गरी डिजिटलाईजिड रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।


क्लिकमान्डु