बिचौलियाका कारण मैले, अघिल्लो अर्थमन्त्रीले सेबोनमा अध्यक्ष नियुक्त गर्न सकेनौं: पूर्वअर्थमन्त्री पुन



काठमाडौं । पूर्वअर्थमन्त्री बर्षमान पुनले धितोपत्र बोर्डले आफु र आफु भन्दा अघिल्लो अर्थमन्त्रीले अध्यक्ष नियुक्त गर्न नसकेको बताएका छन् ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न म, म भन्दा अघिल्लो अर्थमन्त्रीले कोषिस गर्नु भयो सकिएन’ उनले भने ‘अहिले नयाँ मन्त्री आउनु भएको छ । म नटाढी आम जनताको अगाडि राख्न चाहन्छु । यो देश राजनीतिक दलका नेताहरुले चलाउने हो की बिचौलियाहरुले चलाउने हो । यो जवाफ छिट्टै प्रधानमन्त्रीले दिनु हुनेछ ।’

उनले देशलाई नेता पार्टीले चलाउन आग्रह गर्दै बिचौलियालाई देश चलाउन नदिन आग्रह गरे ।


क्लिकमान्डु