सहकारी ठगलाई कारबाही गर्छौः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका नाममाा बचतकर्ता ठग्नेलाई कारबाही गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं’ उनले भने ‘जो सुकै भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने छौं’ उनले भने । सहकारी ठग सबैलाई कानूनी कारबाही गर्ने बताए ।

सहकारी ठगका विषयमा अध्ययन गर्न अघिल्लो सरकारले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन गरेको छ । समितिको सभापतिमा एमालेका सांसद सूर्य थापा रहेका छन् ।

समितिमा नेपाली कांग्रेसका बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल रहेका छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । यो समितिले धमाधम काम गरिरहेको छ ।

अन्य सहकारी ठगलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ ।


क्लिकमान्डु