आगामी निर्बाचनमा माओवादीको सहयोग लिन्नौं : एमाले उपाध्यक्ष पोखरेल



काठमाडौं । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताएका छन् ।

दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार पोखरेलले त्यस्तो खुलासा गरेका हुन । प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको उनको भनाई छ ।

नेता पोखरेलले प्रचण्डकै वेइमानीका कारण बाम सरकार ढलेको बताए ।

पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।

पोखरेलले राजनितीक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए । यो देशमा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताए ।

अव नेपालमा सानो पार्टीको काम छैन । देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ । प्रत्येक पालिकामा १५ वेडको अस्पताल सुरूवात केपी ओलीकै पालमा भएको हो ।

नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वको सरकारले नेपाली श्रम र सिपलाई नेपालमै राख्न पहल गर्ने बताए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, अध्यक्ष, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चाँणक पोखरेल,

प्रवासी नेपाली मञ्च मध्येप्रदेश इन्चार्च कमलमणी गुराँगाई, प्रवासी नेपाली मञ्च दुवई अध्यक्ष प्रकाश कोईराला, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विष्णु तारूकेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।


क्लिकमान्डु