अर्थमन्त्री पौडेलद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार बिहान द्वारिकाज होटल पुगेका पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्याएको योगदानको प्रशंसा गर्दै उनको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए । उनले स्व श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेका छन् ।

श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनुभएकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्व श्रेष्ठको शनिबार पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने उनको पारिवारीक स्रोतले जनाएको छ ।


क्लिकमान्डु