अरुको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने एक जना पक्राउ



काठमाडौं । अरुको नागरिकता दुरुपयोग गरी बैंक खाता खोली बैंकिङ कसुरजन्य कार्य गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अरूको नागरिकता दुरुपयोग गरी बैंक खाता खोली बैंकिङ कसुरजन्य कार्य गरेको अभियोगमा दोलखा साबिक नाम्दु गाविस–४ हाल परिवर्तित बैतेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–७ चाबहिलमा बसुन् ३४ वर्षीय ध्रुवकृष्ण शर्मालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, ‘पक्राउ परेका शर्माले धनुषा शान्तिपुर–६ का सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरी सन् २०२२/०४/०३ मा मुक्तिनाथ विकाश बैङ्क लिमिटेडको शाखा कार्यालय ठिमीलाई झुक्यानमा पारी आफ्नो फोटो र मोबाइल नम्बरसमेत राखी खाता खोलेको र उक्त खाताबाट चेकबुक निकाली र सो चेकबुकको दुरुपयोग गरेको भन्ने मुक्तिनाथ विकास बैंकको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

उनलाई काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको सूचना अधिकारी आचार्यले बताए ।

पक्राउ परेका शर्मामाथि थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको आचार्यले बताए ।


क्लिकमान्डु