बचतकर्ताको १ करोड ठगेर सम्बर्धन सहकारीका ४ जना फरार, २ जना पक्राउ



काठमाडौं । सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करिब १ करोड ठगेर ४ जना फरार भएका छन् भने २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका २२ मा रहेको उक्त सहकारीका अध्यक्ष, उपाध्यक्षसहित ४ जना फरार रहेका छन् । २ जनालाई पक्राउ परेका छन् ।

बचतकर्ताको ९८ लाख २४ हजार ५७ रुपैयाँ ठगेको भन्दै सहकारीका अध्यक्ष दोलखा जिल्ला मेलुङ गाँउपालिका १ का दिनेश कालिकोटे पक्राउ परेका छन् । सहकारीका कोषाध्यक्ष दोलखा जिल्ला मेलुङ गाँउपालिका १ का प्रकाश लकाई पनि पक्राउ परेका छन् ।

सहकारीको बचत ठगेर फरार हुनेमा उपाध्यक्ष दोलखा जिल्ला मेलुङ गाँउपालिका १ की चण्डिका खड्का, सहकारीका सचिव दोलखा जिल्ला मेलुङ गाँउपालिका १ का साजन थापा, सहकारीको सन्चालक दोलखा जिल्ला मेलुङ गाँउपालिका ७ का नवराज अधिकारी र , दोलखा जिल्ला मेलुङ गाँउपालिका १ की देवी पाण्डे फरार रहेका छन् ।

सहकारीका ठगहरुले बचतकर्तालाई बढी ब्याज दिने लोभ देखाएर बचत फिर्ता नदिइ फरार भएका छन् । उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा १ र २ बमोजिम कसुर गरेको ठहर भएको प्रहरीले गरेको अनुसन्धानले पुष्टी गरेको छ ।

उनीहरुलाई संहिताको दफा ३ को खण्ड ग बमोजिम सजाय माग दाबी गरेर काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । ३ को ग मा ७ बर्षसम्म कैद र ७० हजार जरिवाना हुने व्यबस्था रहेको छ ।


क्लिकमान्डु