सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्कासन



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँको ४६ हजार ७२९ कित्ता सेयर निष्कासन गरेको हो ।

सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ ।

न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको जनाएको छ ।


क्लिकमान्डु